बैङ्कका सीईओको बार्षीक तलब ४ करोड सम्म , कुन बैङ्कका सीईओको तलब कति ? (सूचि सहित)

बैंकिग क्षेत्रको रोजगारी आकर्षक रोजगारीको क्षेत्रको रूपमा लिइन्छ । यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा काम गर्ने माथिल्लो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ ।
त्यसैले बैङ्किङ क्षेत्रमा जागिर खान हर कोही लालायित हुन्छन् । अझ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब सुविधा त झनै आकर्षक रहेको छ । सीईओ भनेपछि मानसम्मान र पैसा पनि मालामाल हुन्छ ।
त्यसैले पनि बैङ्किङमा करियर बनाउनेहरूको जमात निकै ठूलो छ । वार्षिकरुपमा करोडौँ तलब भत्ता पाइने भएपछि सीइओको जागिर आकर्षक त हुने नै भयो । तर, बुझ्नुपर्ने कुरा के छ भने यसरी करोडौँ कमाउने सीईओहरुले आफू मात्रै कमाउँदैनन् । आफ्नो कमाइबाट कर तिरेर राज्यलाई योगदान गरेका हुन्छन् ।
कुन बैङ्कका सीईओको तलब कति ?
रत्नराज बज्राचार्य
ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले गत वर्ष १ करोड ५५ लाख १ हजार ६०० रुपैयाँ तलब बुझेका छन् । उनले तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै भत्ता ५० लाख ४० हजार, सञ्चय कोषबाट ७ लाख ५९ हजार ६००, बिदा बापत १० लाख ५३ हजार र दसैँ भत्ताबापत १० लाख ५३ हजार रुपैयाँ उनले बैङ्कबाट लिएका छन् । बज्राचार्यको मासिक तलब ६ लाख ३३ हजार रुपैयाँ रहेको छ ।
सीईओ : रत्नराज बज्राचार्य (ग्लोबल आइएमई बैङ्क)
तलब- भत्ता : १ करोड ५५ लाख १ हजार ६००
ज्योति प्रकाश पाण्डे
साबिकको नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्योतिप्रकाश पाण्डेले गत वर्ष तीन करोड बढी तलब भत्ता बुझेका छन् । पाण्डेले तलब भत्ताबापत ३ करोड ६ लाख ३४हजार रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्ष २०७८ ७९ मा सिइओ पाण्डेले तलब बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार, दसैँ भत्ता २२ लाख ३३ हजार र सञ्चय कोष बापत १६ लाख ८ हजार रुपैयाँ सुविधा लिएका हुन् । नेपाल इन्भेष्टमेन्ट बैङ्कसँग मेगा बैङ्क मर्जरमा गएको थियो । गत पुस २७ गतेदेखि यी दुई बैङ्कले एकीकृत कारोबार सुरु गरेका थिए । मर्जरपश्चात् बैङ्कको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क भएको छ ।
सीईओ : ज्योति प्रकाश पाण्डे (नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क)
तलब -भत्ता : ३ करोड ६ लाख ३४
रोशन कुमार न्यौपाने
एनआईसी एशिया बैङ्क लिमिटेडले गत आर्थिक वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ तलब, भत्ता दिएको छ ।
बैङ्कले सिइओ रोशन कुमार न्यौपानेलाई भत्ता सहित १ करोड ८० लाख तलब, बोनस ५२ लाख ५७ हजार २५५ रुपैयाँ, अन्य सुविधा बापत ५६ हजार २९२ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै ९० हजार रुपैयाँ सवारी कर तिरेको छ ।
सीईओ : रोशन कुमार न्यौपाने (एनआईसी एशिया बैङ्क)
तलब-भत्ता : २ करोड ३४ लाख ३ हजार ५४७
अशोक शेरचन
प्रभु बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ मा प्रमुख कार्यकारी अधिकृत ( सीईओ) लाई ४ करोड ३२ लाख रुपैयाँ तलब भत्तामा खर्च गरेको छ । प्रभु बैङ्कको सीईओको रूपमा हाल अशोक शेरचन रहेका छन् । बैङ्कले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार बैङ्कबाट सिइओ शेरचनले ४ करोड ३२ लाख रुपैयाँ तलब भत्ता लिएका छन् ।
बैङ्कले सीईओलाई तलब भत्ता बापत ३ करोड ३० लाख ३ हजार रुपैयाँ,कर्मचारी बनोस् बापत ५६ लाख ९४हजार रुपैयाँ, दसैँ तथा भत्ता बापत ४३ लाख २३ हजार रुपैयाँ दिएको छ । प्रभु बैङ्कले हालै सञ्चुरी बैङ्कलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ ।
सीईओ : अशोक शेरचन (प्रभु बैङ्क)
तलब -भत्ता : ४ करोड ३२ लाख रुपैयाँ
सुनिल केसी
एनएमबी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले गत आर्थिक वर्ष २०७८ ७९मा २ करोड ३४ लाख भन्दा बढी तलब भत्ता बुझेका छन् । केसीले तलब भत्ता बापत मात्रै २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ बुझेका हुन् । सिइओ केसीले तलब ९० लाख, भत्ता ८५ लाख, सञ्चय कोष बापत ९ लाख लाख, बोनस तथा वेलफ्यरबापत ५० लाख र अन्य शीर्षकमा ८४ हजार ३ सय ७६ बराबरको सुविधा लिएका छन् ।
सिइओ : सुनिल केसी (एनएमबी बैङ्क)
तलब -भत्ता : २ करोड ३४ लाख ८४ हजार ६८८
अशोक राणा
हिमालयन बैङ्क लिमिटेडले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई तलब, भत्ता बापत २ करोड १५ लाख १६ हजार ३३३ रुपैयाँ दिएको छ ।
बैङ्कले सिइओ अशोक राणालाई तलब बापत १ करोड ६ लाख २ हजार, भत्ता बापत ९५ लाख ४८ हजार टेलिफोन तथा मोबाइल बापत ४ लाख ४४ हजार ३०५ रुपैयाँ र विविध खर्च बापत ९ लाख २२ हजार २८ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैङ्कले सीईओलाई गाडी, बीमाको सुविधा दिएको छ । हिमालयन बैङ्क र सिभिल बैङ्क एकआपसमा मर्जरमा जादैँछन् । यी दुईले माघ १८ गतेबाट एकीकृत कारोबार गर्ने तयारी गरेका छन् ।
सीईओ : अशोक राणा (हिमालयन बैङ्क)
तलब-भत्ता : २ करोड १५ लाख १६ हजार ३३३
सुनिल कुमार पोखरेल
सिभिल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल कुमार पोखरेलले गत आर्थिक वर्ष २०७८ ७९मा १ करोड ४१ लाख भन्दा बढी तलब भत्ता बुझेका छन् । पोखरेलले तलब भत्ता बापत १ करोड ४१ लाख २५ हजार रुपैयाँ बुझेका हुन् । सिइओ पोखरेलले तलब ६४ लाख ८० हजार, भत्ता ५२ लाख २० हजार, दसैँ खर्च ९ लाख, सञ्चय कोष बापत ६ लाख ४८ हजार, बोनसबापत ८ लाख ७७ हजार ४ सय ९ रुपैयाँ बराबरको सुविधा लिएका छन् ।
सीईओ: सुनिल कुमार पोखरेल (सिभिल बैङ्क)
तलब -भत्ता : १ करोड ४१ लाख ४ सय ९
नारायण दास मानन्धर
प्राइम कमर्शियल बैङ्क लिमिटेडले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १० लाख १५ हजार रुपैयाँ तलब भत्ता दिएको छ । बैङ्कको सिइओ रहेका नारायण दास मानन्धरलाई तलब बापत १ करोड ८० हजार रुपैयाँ दिइएको हो । यस्तै भत्ता बापत ८५ लाख २७ हजार, दसैँ भत्ता बापत १४ लाख र सञ्चयकोषमा १० लाख ८ हजार रुपैयाँ बैंकदे दिएको छ । बैङ्कले सीईओलाई गाडी सुविधा, मोबाइल सुविधा, इन्धन सुविधा दिएको जनाएको छ । बैङ्कले सीईओलाई कार्यालय प्रयोजनको लागि चालक इन्धन र मर्मतसंभार सहित गाडी सुविधाको व्यवस्था गरिएको जनाएको छ ।
सीईओ : नारायण दास मानन्धर (प्राइम कमर्शियल बैङ्क)
तलब -भत्ता : २ करोड १० लाख १५ हजार
अजय विक्रम शाह
लक्ष्मी बैङ्क लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ३२ लाख ३२ हजार रुपैयाँ तलब भत्ता दिएको छ । बैङ्कले गत आर्थिक वर्षमा उक्त रकम तलब भत्ता बापत सिइओ अजय विक्रम शाहलाई दिएको जनाएको छ ।
सीईओ : अजय विक्रम शाह (लक्ष्मी बैंक)
तलब भत्ता : १ करोड ३२ लाख ३२ हजार
सन्तोष कोइराला
माछापुच्छ्रे बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले गत आर्थिक वर्ष २०७८ ७९मा १ करोड ७९ लाख भन्दा बढी तलब भत्ता बुझेका छन् । कोइरालाले तलब भत्ता बापत १ करोड ७९ लाख ६८ हजार रुपैयाँ बुझेका हुन् ।
सीईओ : सन्तोष कोइराला (माछापुच्छ्रे बैङ्क)
तलब भत्ता : बापत १ करोड ७९ लाख ६८ हजार
नबिल बैङ्क
नबिल बैङ्क लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।
बैङ्कले सीईओलाई तलब बापत १ करोड २८ लाख ५६ हजार २५० रुपैयाँ र अन्य लाभ तथा सुविधाहरु १ करोड ४० लाख ७४ हजार ८० रुपैयाँ भुक्तानी गरेको छ । यस्तै निवृत्त लाभ बापत १४ लाख १३ हजार ९३० रुपैयाँ गरी भुक्तानी गरेको जनाएको छ ।
२०७९ असारसम्म १६ गतेसम्म नबिल बैङ्कको सिइओको रूपमा अनिल केशरी शाह थिए । शाहको अवकाशपछि नबिल बैङ्कको सिइओ ज्ञानेन्द्र ढुङ्गाना बनेका थिए । नविलले नेपाल बङ्गलादेश ९एनबी० बैङ्कलाई प्राप्ति गरेको छ ।
सीईओ : नबिल बैङ्क
तलब -भत्ता : २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ
कुमारी बैङ्क
कुमारी बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०७८–०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्तामा खर्च गरेको छ । बैङ्कले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार बैङ्कबाट सीईओले ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्ता लिएका छन् । बैङ्कले सीईओलाई तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११, सञ्चय कोषमा ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दसैँ भत्ता बापत १० लाख ६५ हजार ६८०, बिदाबापत ४० लाख ६३ हजार ७३६, उपदानबापत २ लाख ४३ हजार ३६२, बोनस बापत ३९ लाख ९२ हजार ४८१ र अन्य शीर्षकमा १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ दिएको छ ।
बैङ्कले दिएको उक्त तलब भत्तामा तत्कालीन कामु प्रमुख अनुजमणि तिमिल्सिनाले ३ करोड ६४ लाख ९८ हजार लिएका छन् । रामचन्द्र खनालले भने ४९ लाख ७३ हजार रुपैयाँ लिएका छन् । खनालले तलब बापत ४३ लाख २५ हजार, चाडपर्व भत्ता बापत ३ लाख ५८ हजार अन्य शीर्षकमा २ लाख ९० हजार रुपैयाँ लिएका छन् । २०७८ माघ २४ गतेसम्म अनुजमणि बैङ्कको कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा थिए । अनुजमणिले स्वैच्छिक अवकाश लिएर बाहिरिएका थिए । कुमारी बैङ्कले हालै एनसीसी बैङ्कलाई मर्ज गरेर एकीकृत कारोबार सुरु गरेको छ । मर्जरपश्चात् बैङ्कको सिइओ रमेश अर्याल बनेका छन् ।
सीईओ : कुमारी बैङ्क (३ करोड ९९ लाख १५ हजार ५६७)
कृष्ण बहादुर अधिकारी
नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८÷०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ६४ लाख ५२ हजार ३०७ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले तलब, भत्ता तथा बोनस बापत उक्त रकम सीईओलाई भुक्तानी गरेको जनाएको छ ।
यस्तै बैंकले वरिष्ठ प्रबन्धक तहका कर्मचारीलाई र अन्य व्यवस्थापनका पदाधिकारीलाई (मुख्य प्रबन्धक तहसम्म) तलब र भत्ता बापत ४ करोड ६१ लाख ६५ हजार ४९ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।
सीईओ : कृष्ण बहादुर अधिकारी (नेपाल बैंक)
तलब -भत्ता : ६४ लाख ५२ हजार ३०७
किरणकुमार श्रेष्ठ
राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई तलब, भत्ता बापत ६६ लाख ४ हजार १९१ रुपैँया दिएको छ ।
बैंकले सीईओ किरणकुमार श्रेष्ठले तलब बापत ३१ लाख २० हजार, भत्ता बापत १७ लाख १६ हजार चाडपर्व खर्चबापत २ लाख ६० हजार, संचयकोषबाट ३ लाख १२ हजार, बिदाबापत १ लाख ९५ हजार र बोनसबापत ९ लाख ८५ हजार ५९१ र अन्य शीर्षकमा १५ हजार ६०० रुपैँया
भुक्तानी गरेको जनाएको छ ।
सिइओ : किरणकुमार श्रेष्ठ (राष्ट्रिय वाणिज्य बैंक)
तलब -भत्ता : ६६ लाख ४ हजार १९१
गणेशराज पोखरेल
सिटिजन्स बैङ्क लिमिटेडले सीईओ गणेशराज पोखरेललाई गत आर्थिक वर्ष १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ तलब भत्ताबापत भुक्तान गरेको छ । पोखरेलको तलब ८४ लाख, भत्ता ६० लाख, दशैंभत्ता ९ लाख ५० हजार, सञ्चयकोष योगदान ८ लाख ४० हजार, बिदाबापतको १२ लाख २६ हजार र अन्य २ लाख १४ हजार गरी सो रकम भुक्तान गरिएको बैङ्कले जनाएको छ ।
सिइओ : गणेशराज पोखरेल सिटिजन्स बैङ्क
तलब -भत्ता : १ करोड ७६ लाख ३० हजार ७७६
सानिमा बैङ्क
सानिमा बैङ्क लिमिटेडले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १४ लाख ६ हजार रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ । सीईओलाई २ करोड १४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको बैङ्कले अन्य प्रमुख व्यवस्थापकहरूलाई ४ करोड ६१ लाख १ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
बैङ्कका अनुसार गत वर्ष माघ ११ गतेसम्म भुवन कुमार दाहाल सिइओ रहेका थिए भने माघ १२ गते निश्चल राज पाण्डे सिइओ भएका हुन् । बैङ्कले भुक्तानी गरेको तलब भत्ता दुवै सीईओले दिएको रकम हो ।
सीईओ : सानिमा बैङ्क
तलब-भत्ता : २ करोड १४ लाख ६ हजार
सिद्धार्थ बैङ्क
सिद्धार्थ बैङ्क लिमिटेडले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड ८० लाख ५६ हजार २५६ रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ ।
बैङ्कले सीईओलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत उक्त रकम भुक्तानी गरेको जाएको छ । यस्तै सञ्चालकहरूलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता तथा खर्च बापत ४१ लाख ७८ हजार ९०७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
बैङ्कका निवर्तमान सिइओ शम्भु नाथ गौतमको कार्यकाल २०७८ साउन २५ गते देखि सकिएको थियो । २०७८ साउन १५ गते बसेको सञ्चालक समितिको ३७७ औँ बैठकको निर्णय अनुसार २०७८ साउन २६ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई कायम कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको थियो । पछि २०७८ मङ्सिर २७ गते बसेको सञ्चालक समितिको ३८५औँ बैठकको निर्णय अनुसार त्यही दिनदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।
सीईओ : सिद्धार्थ बैङ्क
तलब -भत्ता : २ करोड ८० लाख ५६ हजार २५६ रुपैयाँ
(कृषि विकास बैंकले वार्षिक प्रतिवेदन सार्वजनिक नगरेकाले सीईओको तलबबारे उल्लेख गरिएको छैन् ।)
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #कुन बैङ्कका सीईओको तलब कति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्