Techie IT
आईतबार, वैशाख ७,२०८२

छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री हिक्मत कार्की


काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गर्नुभयो ।

झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताउनुभयो ।

उहाँले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताउनुभयो । मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #हिक्मतकुमार कार्की


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545