Techie IT
सोमबार, वैशाख ८,२०८२

बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते


 

५ वैशाख, पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक हवलदार धर्म थापा घाइते भएका हुन् ।
पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो । त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणका रत्नमन्दिरममा कार्यरत सैनीक जावान थापा घाइते भएका हुन् ।

थापाको हातका औंलामा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार घाइते थापाको फिस्टेल अस्पतालमा अहिले उपचार भइरहेको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परिरहेका छन् । पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

पोखरा ५ जिरो किलोमिटरमासमेत शंकास्पद वस्तु फेला परेको थियो । तर प्रहरीले उक्त बस्तु बम नभएको पुष्टि गरिसकेको छ । पोखरा ९ न्यूरोड ट्रेड मल पछाडिसमेत शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल बन्दको प्रभाव पोखरामा बढि नै देखिएको छ । निजी सवारीसाधन फाट्टफुट्ट चलेपनि नजिक तथा टाढा चल्ने कुनैपनि सार्वजनिक सवारी साधन हरु चलेका छैनन् । शैक्षिक संस्थाहरुसमेत पूर्णरुपमा प्रभावित भएका छन् ।साथै बन्दको प्रभाव देश भरी नै परेको पाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #जवान घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545