नवनियुक्त शिक्षामन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएका छन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने स्पष्ट पारे ।
सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने प्रतबद्धता व्यक्त गरे ।
उनले कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने पनि जनाए ।
सो अवसरमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले शिक्षामन्त्री खनाललाई स्वागत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शिशिर खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्