Techie IT
बिहीबार, माघ ३,२०८१

नवनियुक्त उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनद्वारा पदभार ग्रहण


काठमाडौँ । नवनियुक्त उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै उपप्रधानमन्त्री लिङ्देनले ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा रहेका समस्याको पहिचानका लागि ५ वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गर्नुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले योजनाबद्ध रूपले काम गरे मात्र ठोस परिणाम हासिल गर्न सकिने भएकाले मन्त्रालयका सहसचिवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्र लिङ्देन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545