देश अहिले शोकमा छ, मलाई खादामाला नलगाइदिनु होला: पर्यटन मन्त्री किराती

काठमाडौं । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले देश शोकमा रहेकाले खादा माला नलगाइदिन आग्रह गरेका छन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेका किरातीले पदभार ग्रहण गर्दै खादा माला नलगाइदिन बरु खादा माला किन्ने पैसा सहयोग पेटिकामा चढाउन आग्रह गरेका हुन् ।
उनले उड्डयन क्षेत्रमा देखिएका समस्यामा आजैबाट काम गर्ने बताए । आइतबार पोखरामा भएको विमान दुर्घटनालाई जोड्दै किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।
देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयमा कुनै पनि नयाँ सामान नकिन्न निर्देशन दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, #सुदन किराँती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्