Techie IT
मंगलबार, वैशाख ९,२०८२

कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतक कुन्दन काफ्ले नियुक्त


काठमाडौं । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा नियुक्त गरेको हो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा मनोनीत गरेको हो ।

काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ ९क० बाट निर्वाचित सांसद हुन् । काफ्ले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन । उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।

त्यस्तै संसदीय दलको बैठकले दलको उपनेतामा रामकृष्ण चित्रकारलाई नियुक्त गरेको छ । चित्रकार ललितपुर क्षेत्र नम्बर–२ ९ख०बाट निर्वाचित सांसद हुन् । उनले एमालेका ज्ञानेन्द्र शाक्यलाई पराजित गरेका थिए । चित्रकारले ६ हजार ९९५ मत ल्याउँदा एमालेका शाक्यले ६ हजार ८३२ मत पाएका थिए ।

बैठकलेमा पोखरामा भएको यति एरलाइसन्सको विमान दुर्घटनामा मृत्यु भएको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कुन्दनराज काफ्ले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545