Techie IT
शनिबार, वैशाख ६,२०८२

स्ववियु निर्वाचनको तयारीमा लाग्न अनेरास्ववियुलाई शंकर पोखरेलको निर्देशन


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्दर्भमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्ववियु निर्वाचनमा ल्याउने नतिजाले नेताहरुको मुल्यांकन हुने बताएका हुन् ।

‘तपाईहरुको परीक्षा अब हुँदैछ । नेताका अघिपछि फोटो खिचाउने र पोस्ट गर्दै हिड्ने अखिलले स्ववियु चुनावमा कसरी खट्छ रु त्यसको मुल्यांकन हुनेछ । उसले संगठनलाई जिताउन कति भूमिका खेल्छ त्यो अखिल हो,’ पोखरेलले भने । त्रिविले चैत ४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #शंकर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545