Techie IT
आईतबार, वैशाख ७,२०८२

कर्णाली प्रदेशको सभामुखमा एममलेकी नन्दा गुरुङ निर्वाचित


काठमाडौं । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।

आइतबार प्रदेश सभा सभामुखको लागि भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो । गुरुङलाई एमालेको १०,नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत प्राप्त भएको थियो । गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभएको थियो । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गर्नुभएको थियो ।

ज्येष्ठ सदस्य कांग्रेसका हिकमतबहादुर बिष्ट र एकजना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भने मतदान गर्नुभएन । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाइएको थियो । सोही अनुसार एमालेले सुर्खेतकी गुरुङलाई सभामुखको उमेदवार बनाएको थियो । कर्णालीको दोस्रो सभामुख बन्न सफल गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश, #नन्दा गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545