Techie IT
सोमबार, वैशाख ८,२०८२

साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट


काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ । 

यसअघि मंगलबार सेयर बजार २१.३५ अंकले घटेको थियो भने ७ अर्ब बढीको सेयर कारोबार भएको थियो । बुधबार भने पृथ्वी जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको कारण नेप्से बन्द भएको थियो । 

साथै, बिहीबार २५२ कम्पनीको कारोबार हुँदा १ करोड २२ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा रिडी पावर कम्पनीको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  साथै बाराही हाइड्रोपावर र एनआइविएल समृद्धि कोषको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल २१ कम्पनीमा उकालो लागेको छ भने १८४ कम्पनीमा ओरालो लागेको छ । एक कम्पनी भने स्थिर छ । 

आज १३ उपसूचकहरूमध्ये ट्रेडिङबाहेका सबै उपसूचकहरू राताम्मै भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545