Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्री दाहालले गरे गोरखा महोत्सवको उद्‍घाटन


गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोर्खा महोत्सवको उद्घाटन गरेका छन्।  महोत्सवको उद्घाटन गर्न प्रचण्ड बुधबार गोरखा आएका थिए।

पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले  महोत्सवको आयोजना गरेको हो। प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरु गोरखा आएका छन्।

तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रचण्ड गोरखा आएका हुन्। प्रचण्डले मंगलबार मात्रै संसदमा विश्वासको मत लिएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #breaking, #गोर्खा महोत्सव, #पुष्पकमल दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545