मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ ।
उहाँले प्रदेशसभा सचिवालयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलब्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको थियो । उहाँलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाउनुभएको थियो ।
तपाईको कमेन्ट लेख्नुहोस्