तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ मा पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई टिपरले ठक्कर दिएर घाइते भएकालाई आक्रमण गरी हत्या आरोपीत ४ जनालाई जेल चलान गरिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंको २ नं इजलासको फैसला अनुसार आरोपीतलाई जेल चलान गरिएको बताइएको छ । प्रहरी बृत बालाजुको अनुसार जेल चलान हुनेमा टिपर चालक शंकर बलामी र हत्यामा सहयोगी विमल बलामी र राहुल बलामी पूर्वपक्षका लागी केन्द्रिय कारागार चलान भएका छन भने नावालक सहचालक डल्ले बलामी भतmपुर सुधारगृह चलान भएका छन । घटनामा खडा गरिएका नक्कली चालक सिन्धुलीका शिव विकलाई रु १५००० धरौटीमा रिहा गरिएको छ ।
२१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेका थिए ।
दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए ।
सविन फुयाँललाई टिपरले ठक्कर दिएर घाइते भएकालाई आक्रमण गरी हत्या गरेको भन्दै विरोध प्रदर्शन भैरहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #BREAING, #breaking, #तारकेश्वको सविन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्