बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत

बागलुङ । गण्डकी प्रदेश प्रहरी कार्यालयले कास्कीले बागलुङ जिल्लाका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीसहित ७ जिल्लाका प्रहरी प्रमुखहरु सहित १० जना प्रहरी अधिकृतलाइ नगदसहित पुरस्कृत गरेको छ ।
प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा बागलुङ जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली सहित तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मी, कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनादन जिसी रहेका छन् ।
त्यस्तै, म्याग्दीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक तिलक भारती, मुस्ताङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मनाङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रेम सागर केसी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीं, वर्डा प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक युवराज भण्डारी र ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठलाई पनि अभिलेख किताबमा जनिने गरी जनही एक हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालय कास्कीका (डिआइजी) रामदत्त जोशीले पुरस्कृत भएका प्रहरी प्रमुखहरुले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको बताए ।
प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारीता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको उनको भनाई छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्