मङ्लबार सेयर बजारमा ३.०३ अंकको गिरावट

काठमाडौं । मङ्लबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।
सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।
हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । स्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।
कुल १०७ कम्पनीमा उकालो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्