Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउँछ: अर्थमन्त्री पौडेल


पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको बताउँदै उनले भने, ‘विकास, समृद्धि र सुशासन आजको आवश्यकता हो ।’

अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरेका छन् । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायत गन्तव्यसँग जोड्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #विष्णुप्रसाद पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545