सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ

धनगढी । नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
धनगढीस्थित प्रदेशसभा बैठक हलमा प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।
त्यसअघि, सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई प्रदेशसभा सदस्यको शपथ गराउनु भएको थियो ।
सुदूरपश्चिम प्रदेशसभामा रहनुभएका ५३ सदस्यीय मध्ये ६ जना प्रदेशसभा सदस्यले आज मातृ भाषा (थारु)मा शपथ लिनुभयो ।
यसैबिच प्रदेशसभाको पहिलो बैठक पुस १८ गते दिउसो १ः०० बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्