Techie IT
शनिबार, वैशाख ६,२०८२

शेखर-गगन समूहको बैठक सुरु, एकजनालाई उभ्याउने गरी छलफल हुदै


काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने गरी समय तोकिएपछि संसदीय दलको नेता बन्न संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर समूहमा शेखर कोइराला र गगन थापाले दाबी गर्दै आएका छन् । दिउँसो २ बजेदेखि सुरू हुने मनोनयनको समयअघि नै शीर्ष नेतृत्वबीच सहमतिको प्रयास जारी छ ।

संस्थापन पक्ष सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउन प्रयासमा रहेपनि इतर समूहबाट शेखर कोइराला र गगन थापा मध्ये एकजनालाई उभ्याउने गरी छलफल भइरहेको छ ।

इतर समुहबाट गगन र शेखर मध्ये एकजनालाई उभ्याउन सोमबार अपराह्न छलफल भएपनि सहमती हुन नसकेपछि आज विहान लैनचौरस्थित होटल एम्बास्डरमा पुनः छलफल भएको छ। बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।

इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले अहिले विहान ११ बजे आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । संसदीय दलको नेताका मतदान भने भोली बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापा, #नेपाली कांग्रेस, #शेखर कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545