Techie IT
आईतबार, वैशाख ७,२०८२

गोल्डेन बुट एमबाप्पेको पोल्टामा


फिफा विश्वकपको गोल्डेन बुट अवार्ड फ्रान्सका युवा स्टार केलिएन एमबाप्पेले जित्नुभएको छ । सर्वाधिक गोल कर्तााले पाउने अवार्डका लागि एमबाप्पेले आठ गोल गर्नुभएको थियो ।

उहाँले अर्जेन्टिनामा मेस्सीलाई एक गोलले पछि पार्दै यस अवार्ड जित्नुभएको हो । फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गर्नुभएका २३ वर्षीया एमबाप्पेको फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि दिलाउने धोको भने पूरा भएन ।

यससँगै एमबाप्पेको विश्वकपमा व्यक्तिगत गोलसङ्ख्या १२ गोल पुगेको छ । एमबाप्पेले सिल्भर बलसमेत प्राप्त गर्नुभयो । ब्रोन्ज बल क्रोएसियाका लुका मोड्रीचलाई प्रदान गरियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #केलिएन एमबाप्पे, #गोल्डेन बुट अवार्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545