Techie IT
शुक्रबार, वैशाख ५,२०८२

फिफा विश्वकप २०२२ को फाइनल आज हुँदै, विजेताले कति पाउँछन् ?


काठमाडौँ  ।  कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल आज हुँदै छ ।

कतारको दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुवै टोली दुई पटक च्याम्पियन भएका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो ।

कतार विश्वकप खेल मात्रै हैन, यसबाट विजयी हुनेले ठुलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ । विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ ।

यसैगरी, उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख  डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।

क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #फिफा विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545