Techie IT
बिहीबार, माघ ३,२०८१

गोरखाको चुमनुब्री ४ मा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने


गोरखा । गोरखाको प्रोकस्थित बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।
उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिका ४ मा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ ।

आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गा पा नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ । त्यहाँबाट पानीलाई सङ्लो बनाएर चार हजार तीन सय ६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्रीको वडा नम्बर ५ बिही नजिक निर्माण हुने भूमिगत पावरहाउसमा खसालिनेछ ।

त्यहाँबाट निस्कासित हुने पानीलाई टेसरेस सुरूङबाट पुनः बूढीगण्डकी नदीमै छाडिनेछ । आयोजनाबाट उत्पादित बिजुलीलाई २२० केभी क्षमताको १५ किमी प्रसारणलाइनबाट फिलिम वा गुम्दामा प्रस्तावित सव–स्टेशसनमा जोडिनेछ ।

यो आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक, आर्थिक प्रणाली बीच के कस्तो प्रभाव पर्छ यकिन गर्न गाउँपालिका तथा त्यस क्षेत्रका सरोकारवाला व्यक्ति वा संस्थाबाट आयोजनाले सुझाव माग गरेको छ ।

लिखित सुझाव ७ दिनभित्र चिलिमे जलविद्युत कम्पनी लिमिटेड महाराजगञ्जमा पठाउनसमेत आग्रह गरिएको छ । यो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन चिलिमे जलविद्युत कम्पनीले तयार गर्दैछ ।
बूढीगण्डकीमै १२ सय मेगावाट क्षमताको अर्को आयोजना पनि बनाउने तयारी सरकारको छ । दरौँदी दैनिक


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #चुमनुब्री गाउँपालिका, #जलविद्युत आयोजना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mostly Cloudy
6:54 am5:32 pm +0545