Techie IT
आईतबार, वैशाख ७,२०८२

नेप्सेमा २.५७ अंकको गिरावट


काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द भएको छ । मंगलबार २.५७ अंकले घटेको बजार १८९९.७० बिन्दुमा झरेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो ।

मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् । मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य २२६०.२० रुपैयाँ पुगेको छ । सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।

मंगलबार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ३.२९ प्रतिशतले घटेर ३२० रुपैयाँ कायम भएको छ । सिंगटी हाइड्रो, अरुण कावेली पावर, इन्फिनिटी लघुवित्तसहितका कम्पनीका लगानीकर्ताले समेत धेरै गुमाए ।

मंगलबार नबिल बैंक, नेपाल टेलिकम, समिट लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, माथिल्लो तामाकोशी जलविद्युतको धेरै कारोबार भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेप्से, #नेप्सेमा २.५७ अंकको गिरावट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545