एशियन हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ I एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी रु ३४ करोडको १० प्रतिशतले हुन आउने रु तीन करोड ४० लाख बराबरको कूल तीन लाख ४० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।
त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ४० प्रतिशत अर्थात् एक लाख ३६ हजार कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्योदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ ।
त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने दुई लाख चार हजार कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।
निष्कासन गरिने शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने शेयरमा स्थानीयले प्राइम कमर्सियल, ग्लोबल आईएमइ, एनएमबि, सिभिल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् शेयर खरिदका आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन ?
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् तथा ‘मेरो शेयर’मार्फत् शेयर खरिदको आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा नेपालीले विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी शेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।
एशियन हाइड्रोपावरलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी बिबी आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले इलामको माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आइपिओ, #एशियन हाइड्रोपावर कम्पनी लिमिटेड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्