Techie IT
शनिबार, वैशाख ६,२०८२

विश्वकप: फाइनल प्रवेशको लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै


काठमाडौं, २७ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजबाट सेमिफाइनलका खेलहरु हुँदैछ ।

पहिलो सेमिफाइनल खेल दुई पटक विश्वकप विजेता अर्जेन्टिना  र साविकको विश्वकप उपविजेता क्रोएसियाबीच हुँदै छ ।

लुसेल रंगशालामा हुने अर्जेन्टिना र क्रोएसियाबीचको खेल आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

अर्जेन्टिनाले नेदरल्याण्डसलाई  र क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।

क्रोएसिया लगातार फाइनल प्रवेश गर्ने दाउमा छ भने अर्जेन्टिना सन् २०१४ पछि फाइनलमा पुग्ने लक्ष्यमा छ । यसअघिका दुई विश्वकपमा फाइनल पुगेका दुवै टोली पराजित भएका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545