नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ । नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बागलुङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जन्मदिन मनाउन भनी बोलाएर होटलमा लगेर जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बागलुङ गलकोट नगरपालिका वडा नंम्बर ९ घर भई कास्की पोखरा महानगरपालिका ८ सृजना चोक बस्ने २५ बर्षीया अशोक दर्लामी मगर, धादिङ स्थायी वतन भई कास्की पोखरा महानगरपालिका वडा नंम्बर ८ बस्ने १९ बर्षीया सन्दिप तामाङ, गुल्मी अर्मेनी स्थायी घर भई कास्की पोखरा महानगरपालिका वडा नंम्बर १७ बस्ने १९ बर्षकै राहुल थापालाइ पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले आइतबार पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार पक्राउ परेका प्रतिवादीहरुमध्य अशोक दर्लामीले मंसिर २३ गते राती १० बजे १५ बर्षीया नाबालिकालाइ बागलुङ नगरपालिका वर्डा नम्बर २ ट्राफिक चोकस्थित पर्वत होटलमा लगी जवरजस्ती करणी गरेका थिए । त्यस्तै, अर्का सन्दिप तामाङ र राहुल थापा माथि समेत मंसिर २४ गते रातीको १२ बजे बागलुङ नगरपालिका २ समिट होटलमा लगी जवरजस्ती करणी गरेको आरोप छ । तामाङमाथि १५ बर्षीया र थापामाथि १६ बर्षकी नाबालिका माथि करणी गरेको आरोप छ । पक्राउ परेका उनीहरुविरूद्व जवरजस्ती करणीको शीर्षकमा सम्मानित बागलुङ जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्