अवैध सालको काठसहित मोटरसाइकल बरामद

चितवन । चितवनको भोजाडबाट प्रहरीले अवैध सालको काठसहित मोटरसाइकल बरामद गरेको छ । अस्थायी प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले आज (आइतबार) बिहान एक बजेको समयमा भरतपुर महानगरपालिका ११ भोजाडस्थित खगेरी पुल नजिकै रहेको नवजागृती सामुदायिक वनबाट तीन थान सालको गोलिया काठसहित मोटरसाइकल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अवैध रूपमा लुकाइछिपाई पदमपुरतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेपछि ना १६ प २०५७, ना ६ प २६४२ र ग ४ प ५९४३ नम्बरको मोटरसाइकल र काठलाई त्यहीँ छाडेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घट्नाबारे थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्