भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडाैँ, २४ चैत । भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
भिक्षु अश्वघोष महास्थविरको शुक्रबार निधन भएको थियो । रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जम्ने समस्या देखिएको र उपचारकै क्रममा उनको निधन भएको थियो ।
भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छ । चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटबाट प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रियसभाका सदस्य थिए ।
राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिको रुपमा तत्कालीन नेकपा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।
२०५१ सालमा भिक्षु अश्वघोष लुम्बिनी विकास कोषका उपाध्यक्ष भई काम गरेका थिए । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेको छ । भिक्षु संघको तालिमको अवधारणा भित्र्याउने श्रेय पनि यीनैलाई जान्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भिक्षु अश्वघोष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्