Techie IT
शनिबार, वैशाख ६,२०८२

यी हुन् राप्रपाका ७ समानुपातिक सांसद्, को को परे?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिलाहरूलाई समेट्दै निर्वाचन आयोगमा नामावली पठाएको हो ।

दुई पुरुषमा खस आर्यबाट पशुपतिशम्शेर राणा र उपाध्यक्ष बुद्धिमान तामाङ रहेका छन् ।

यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ । पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७ जनाको सूची बुझाएको हो ।

स्रोतका अनुसार अझै दुई दिन आयोगमा समानुपातिकको नाम सच्याउन सकिने म्याद हुने भएकाले विवाद चर्किएमा यो नाममा फेरबदल हुनसक्ने सम्भावना समेत रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545