Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानन्यायाधीस चोलेन्द्र जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय


काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय भएको छ ।

महाअभियोग निष्क्रिय भएको पत्र संसद सचिवालयले जबरालाई थमाएको हो । राणाले मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषय जानकारी माग गर्दै संसद सचिवलायमा पत्र पठाएकामा संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएको हो ।

संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले मंगलबार नै राणाको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए।

महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै जबरा सर्वोच्च फर्कने तयारीमा रहेका छन् । जबरा आजै सर्वोच्च जान सक्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्र शमशेर जबरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545