ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु

बारा । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको बिन्दाबासनी गाउँपालिका निवासी शशीकान्त चौरसिया रहनुभएको छ । चौरसिया मङ्सिर १० गते मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । कार्यालयबाट वीरगन्जतर्फ जाने क्रममा चौरसियाले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
गम्भीर घाइते चौरसियाको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु, #दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्