Techie IT
शनिबार, वैशाख ६,२०८२

बञ्चरेडाँडामा सीसीटीभी जडान गरेर कार्यकक्षबाटै निगरानी गर्छन मेयर बालेन


काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको बञ्चरेडाँडामा काठमाडौं महानगरपालिकाले सीसीटीभि जडान गरेको छ ।

फोहोर बिसर्जनका क्रममा लापरवाही भएको गुनासो आएपछि महानगरपालिकाले सीसीटीभी जडान गरेको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कार्यकक्षबाटै निगरानी गर्ने गरी क्यामेरा जडान गरिएको महानगरपालिकाले जनाएको छ ।

ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा भइरहेको सम्पूर्ण गतिविधिबारे महानगरबाटै निगरानी गर्न सकिनेछ ।

विगत १७ वर्षदेखि ल्याण्डफिल साइटमा उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर विसर्जन हुदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बञ्चरेडाँडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545