Techie IT
मंगलबार, वैशाख २,२०८२

फिफा विश्वकप: पेनाल्टी सुटआउटमा जापान स्तब्ध, क्रोएसिया अन्तिम ८ मा उक्लियो


काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापान क्रोएसियासँग पराजित भएको छ ।

टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा जापानलाई ३–१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।

सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #फिफा विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:36 am6:30 pm +0545