Techie IT
सोमबार, वैशाख ८,२०८२

सञ्चारकर्मी पौडेलको ‘दुई एकान दुई, दुई दुना चार’ सार्वजनिक


काठमाडौं। सञ्चारकर्मी विष्णुमाया पौडेल र चर्चित गायक डिजराज पौडेलको आवाज रहेको ‘दुई एकान दुई, दुई दुना चार’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म्युजिक भिडिओ सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गायिका तथा सञ्चारकर्मी पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । उनले गीत तथा म्युजिक भिडियोको क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

गीतमा गायिका विष्णुमाया पौडेल र चर्चित गायक दिलराज पौड्यालको आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पौड्यालको रहेको छ । छायांकन र सम्पादन बाल कुमार मगरले गरेका छन् भने भिडियोको निर्देशन कपिल कार्कीले गरेका छन् ।

म्युजिक भिडियोमा वरिष्ठ समाजसेवी भद्र कुमारी घले, अन्जली अधिकारी, सुधीर श्रेष्ठ, लोमस शर्मा, विष्णुमाया पौडेल, घनश्याम र आशिका बस्नेतको अभिनय रहेको छ । कार्यक्रमको आयोजना सहरा महिला समाजले गरेको थियो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विष्णुमाया पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545