Techie IT
आईतबार, वैशाख ७,२०८२

सुर्खेतमा जिप दुर्घटना ६ जना घाइते, एक जनाको अवस्था गम्भीर


सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।

प्रहरी चौकी बांगेसिमलले दिएको जानकारी अनुसार कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खसेको थियो । जीपमा १० जना चढेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको उपचार सुर्खेत जिल्ला अस्पतालमा भइरहेको छ । ३ जना भने उपचार पछि घर फर्किएका छन् ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक जनाको अवस्था गम्भीर, #दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545