Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले नेता बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि


काठमाडौं । नेकपा एमालेका नेता एवं काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

आइतबार बिहान घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाले जनाएको छ ।

प्रहरीले बम भएको आशंकामा सेनाको बम डिस्पोजल टोली बोलाएको थियो । तर शंकास्पद वस्तु बम नभएको सेनाले पुष्टि गरेको छ ।

आज बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सांसद बास्कोटा भने काभ्रेस्थित आफ्नै घरमा रहेका बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोकुल बाँस्कोटा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545