Techie IT
आईतबार, वैशाख ७,२०८२

दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर घटाए


दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता कायमै छ । कार्कीले ५ हजार ६३४ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ४ हजार ७८७ मत ल्याएका छन् ।

शिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा शिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र शिवाकोटीले प्राप्त गरेको मतान्तर ८४७ मात्रै रहेको छ भने ४४९ मत बदर भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गंगा कार्की, #बालकृष्ण शिवाकोटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545