Techie IT
आईतबार, वैशाख ७,२०८२

धनगढीमा भोलि बिहान सम्मका लागि निषेधाज्ञाको निरन्तरता


धनगढी।  जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा जारी निषेधाज्ञालाई भोलि बिहान ४ बजे सम्मका लागि निरन्तरता दिएको छ ।

हिजो मङ्सिर १५ गते साँझ ७ बजेदेखि धनगढी क्षेत्रमा जारी निषेधाज्ञा अवधिलाई भोलि मङ्सिर १७ गते बिहान ४ बजेसम्म निरन्तरता दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

हिजो हसनपुर सडकखण्डमा बिमल कुमालले चलाएको ग्रेडरले किचेर छात्रा चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरि प्रमुख जिल्ला अधिकारी किरण थापाले धनगढी क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545