नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता शेयर रु एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबारका आधारमा नवील बैङ्क शीर्ष स्थानमा छ । सो बैङ्कको रु १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैङ्कको संस्थापक शेयर रु आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर रु सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिस्टिलरी रु सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था रु चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेकाअनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगङ्गा हाइड्रोपावर नौ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेशन पाँच दशमलव शून्य आठ, स्वाभिमान लघुवित्त चार दशमलव ९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार दशमलव ३९ प्रतिशतले कमाएका छन् ।
यस्तै सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर दुई दशमलव ६३, रुरु जलविद्युत् परियोजना दुई दशमलव ५३, सयपत्री हाइड्रोपावर दुई दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : #नेप्से, #नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्