गोरखामा हरेकदिन राहदानीको अनलाइन फाराम भर्न पाइने

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अव प्रत्येक दिन विद्युतीय राहदानी (ई–पासपोर्ट)को अनलाइन फाराम भर्न पाउने व्यवस्था गरेको छ । प्रशासन कार्यालयले बुधबार एक सूचना जरी गर्दै विहिबार विहान १० बजेदेखि राहदानीको अनलाइन आवेदन फाराम भर्न पाइने व्यवस्था गरेको जनाएको छ ।
कार्यालयमा यसअघि हप्ताको बुधबार मात्र इ–पासपोर्डको अनलाइन फाराम भर्न पाउने व्यवस्था गरेको थियो । तर नागरिकलाई सास्ती भएको, बाहिर विभिन्न साइबरहरुमा भर पर्नु परेको र कति नागरिकहरुहरुमा बढी शुल्क लिएको गुनासो आएकाले प्रत्येकदिन खोल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक दिन ५० जनाको दरले आवेदन फाराम भर्न पाइने छ । एक दिनमा ५० जना भन्दा बढीले भर्न नपाइने उनले बताए ।
विद्युतीय राहदानीको अनलाइन आवेदन भरेको भोलिपल्ट नै राहदानीका लागि कार्यालयमा आएर फोटो खिच्न लगायतका कामहरु गर्न पाइने उनले बताए । विद्युतीय राहदानी बनाउनका लागि अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य रहेको बताउँदै प्रशासन कार्यालय गोरखा राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई थप व्यवस्थित गरेको बताए ।
पहिलो दुईवटा स्टेशन रहेकोमा अहिले एउटा थपेर तीन वटा स्टेशन बनाएका उनले जानकारी दिए । केही महिना अघिदेखि नै गाउँगाउँमा संचालनमा भएको शिविरबाट पनि धेरै जनाले राष्ट्रिय परिचयपत्र बनाइसकेको छ ।
जिल्लामा आएका सेवाग्राहीहरुलाई पनि सहजमा रुपमा सेवा प्रदान गर्नका लागि राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानी व्यवस्थालाई थप व्यवस्थित बनाएको सहायक प्रजिअ बरालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #ई–पासपोर्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्