सुनसरी क्षेत्र नं. ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी ।नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभएको छ । उहाँ ११२ मतको अन्तरले विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएको छ ।
उहाँ २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसक्नुभएको छ ।
मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाटै विजय हासिल गर्नुभएको हो । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रियरहनु भएका नेता कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
यो समाचार तयार पार्दासम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको औपचारिक प्रमाणपत्र भने प्रदान गर्न बाँकी छ । समानुपातिकतर्फको समेत मतगणना सकिएपछि विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञानेन्द्रबहादुर कार्की
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्