कार्यक्रममा सामाजिक बिकास शाखाका प्रमुख दिपेन्द्र परियार र जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर हिमनाथ घिमिरेले लैङ्गिक हिंसा बिरुद्द प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला हिसाको अवस्था, उजुरी गर्ने प्रक्रिया, कानुनी व्यवस्था लगायतका बारेमा अन्तरत्रिया गरिएको थियो ।
महिला हिंसा, घरेलु हिंसालगायतका विषयमा छलफल गरी यसको रोकथाम तथा नियन्त्रणकाबारे अन्तरक्रिया गरिएको सामाजिक विकास शाखाका प्रमुख परियारले जानकारी दिए । महिला सशक्तिकरण विषयका पनि छलफल गरिएको गाँउपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले बताए ।
अन्तरक्रिया कार्यक्रम प्रजिअ आचार्य, जिल्ला समन्वय अधिकारी नानी बाबु पोखरेल, गाँउपालिका अध्यक्ष बञ्जारा, उपाध्यक्ष अमृता वस्ती (भट्ट)लगायतले मन्तव्य राखेका थिए ।
गाँउपालिका अध्यक्ष बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारी, सशस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी, विशेष प्रहरी अनुशन्धानका एसपी, वडा नंं. ७ का वठा अध्यक्ष नारायण श्रेष्ठ, जनप्रतिनिधी तथा स्थानीयको उपस्थिती रहेको थियो । दरौँदी दैनिक
तपाईको कमेन्ट लेख्नुहोस्