Techie IT
आईतबार, वैशाख ७,२०८२

नेप्से ३२ अंकले वृद्धि


काठमाडौँ ।  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ३२।४३ अंक वृद्धि भएको छ । बिहीबारको तुलनामा नेप्से १।६८ प्रतिशतले वृद्धि भएर १९६५।९८ विन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज दुई अर्ब दुई करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका २३३ धितोपत्रको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर खरिद–बिक्री भएको छ

आज सर्वाधिक सेयर मूल्य वृद्धि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको सेयर मल्य ८।२१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको सेयर कारोबार सर्वाधिक भएको छ । यो कम्पनीले गत शुक्रबार ७० प्रतिशत लाभांश दिने निर्णय गरसँगै कम्पनीको सेयर खरिद गर्नेको संख्या बढेको हो । यो कम्पनीको ४५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि लघुवत्त समूहको भएको छ । यो समूहको परिसूचक ३।०७ प्रतिशत वृद्धि भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेप्से, #नेप्से ३२ अंकले वृद्धि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545