Techie IT
शनिबार, वैशाख ६,२०८२

झडप भएपछि रोकिएको बुढिनन्दा ५ मा आज ५ सय ९७ जनाले भोट हाले


बाजुरा । बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुनः मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #मतदान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545