म्याग्दीको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक, एमाले पहिलो पार्टी

म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको अन्तिम मत परिणाम पनि आज शुक्रबार सार्वजनिक भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको हाे । प्रतिनिधि सभातर्फ नेकपा एमालेको सूर्य चिन्हमा १८ हजार २ सय ७३ मत परेको छ भने नेपाली कांग्रेसको रुख चिन्हमा १३ हजार ६ सय ९३ मत परेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रकाे हसियाँ हथौडा चिन्हमा ९ हजार ७० मत परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हमा ३ हजार ५ सय ७९ मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे हलो चिन्हमा १ हजार २ सय ५३ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादी पार्टीलेे भने २ सय ८५ मात्र मत परेको छ ।
त्यसैगरी प्रदेश समानुपातिक तर्फ पनि नेकपा एमाले नै पहिलो पार्टी बनेको छ । नेकपा एमालेको सूर्य चिन्हमा १९ हजार १ सय २१ मत परेको छ भने कांग्रेसको रुख चिन्हमा १५ हजार ७ सय ३३ मत परेकाे छ ।
त्यस्तै, माओवादीले ७ हजार ४ सय ३ मत प्राप्त गरेको छ भने नेशनल मंगोल अर्गनाइजेसनले १ हजार २ सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १सय ४३ र हाम्रो नेपाल पार्टीले ४ सय ९१ मत प्राप्त गरेकाे छ भने नेकपा एकीकृत समाजवादी पार्टीकाे कलममा ४ सय ८४ मत मात्र परेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले २ सय ४९ मत प्राप्त गरेकाे छ भने जनमत पार्टीले १सय ९ र नेकपा मालेले १ सय १ मत मात्र प्राप्त गरेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #म्याग्दी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्