७० करोड घुसकाे आरोपलाई काभ्रेका जनताले खारेज गरिदिएः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् ।
काभ्रे-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् ।
‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।
नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए । ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोकुल बाँस्कोटा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्