कान्तिपुर मलको भारी छुटदेखि उपहारसम्म, लक्की ड्र विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिएको थियो। उपहार विजेतालाई आज पुरस्कार हस्तान्तरण गरिएको छ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो। विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको थियो। कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गरेका थिए।
उपहार विजेता प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक लक्की ड्र नम्बर १२५२७ बाट बोहराटार,काठमाडौं बस्ने श्याम भट्टराईले १५० सिसिको यमहा बाईक , दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटरका लागी २०१४९ नम्बरबाट उदयपुरका खगेन्द्र श्रेष्ठ , तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडिका लागी लक्की ड्र नम्बर ०६५२९ बाट मित्रनगरका कपिल कडेल,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीजका लागी लक्की ड्र नम्बर २०४३२ बाट तारकेश्वर-७ का मिस्सी विष्ट र अन्य सान्त्वना पुरस्कार (पाँच जनालाई )यसुदाको इलेक्ट्रिक केटल विजेताको लक्की ड्र नम्बरहरु ०४११३ सन्तोष ज्ञवाली (बुटवल),२७२५९ बाट रोल्पाका जेवि घर्ती मगर, ०९३२६ बाट खनियावास -४ निवासी साजन पौडेल ,१०९९३ र ०६९८१ छ्न् । उपहार विजेताहरुले उपहार पाए पछि खुशी व्यक्त गरेका थिए।बिजेताहरुलाई कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला र कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतमले बधाई दिदैं उपहार प्रदान गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कान्तिपुर मल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्