Techie IT
बिहीबार, माघ ३,२०८१

धादिङ-१ को (२) मा माओवादीका शालिकराम जम्कट्टेल विजयी


धादिङ  । धादिङ क्षेत्र नं १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कटेल विजयी भएका छन् । नेकपा एमालेका गजेन्द्र थपलियालाइ ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् ।

यो प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी थपलियाको १२ हजार ४ सय ७८ मत आएको छ ।

जम्कटेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेश सांसद थिए । बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसकेका जम्कटेल यस पटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #शालिकराम जम्कटेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545