Techie IT
शनिबार, वैशाख ६,२०८२

शशाङ्क कोइराला लगातार चौथो पटक विजयी


काठमाडौँ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।

कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही क्षेत्रबाट उहाँले लगातार चौथो पटक जित हासिल गर्नुभएको हो ।

विसं २०४८ देखि नेपाली कांग्रेस विजयी हुँदै आएको नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट बिपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइराला पछिल्ला चार निर्वाचनमा विजयी हुनुभएको छ ।

डा २०१५ साल कात्तिक ८ गते विराटनगरमा जन्मिनुभएको हो । उहाँ २०६४ सालको संविधान सभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको थियो ।

त्यसयताका आमनिर्वाचनमा उहाँ विजयी हुँदै आउनुभएको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट उहाँ एक मात्र विजयी हुनुभएको थियो । यस पटकको निर्वाचनमा निकै चुनौतीका बीच पनि कोइराला आफ्नो विरासत कायम राख्न सफल हुनुभएको छ । रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #शशाङ्क कोइराला, #शशाङ्क कोइराला लगातार चौथो पटक विजयी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545