Techie IT
सोमबार, वैशाख ८,२०८२

मकवानपुर-२ मा अग्रता बढाउँदै एमालेका महेश बर्तौला


मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । बर्तौला सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडा २ हजार ७ मत अघि छन् ।

६० हजार ११४ मत गणना गर्दा उनले २३ हजार ५३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २१ हजार ५२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६५७ मत पाएका छन् ।

मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक्त क्षेत्रमा ८६ हजार ६५२ जनाले मतदान गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मकवानपुर, #महेश बर्तौला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545