धादिङ–१ को प्रदेशसभा १ मा गठबन्धनका मदुकुमार श्रेष्ठ निर्वाचित
धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् ।
प्रत्यासी नेकपा एमालेका उम्मेदवार रमेश आचार्यलाई एक हजार दुई सय ९४ मतले पछि पार्दै विजयी भएका हुन् ।
विजयी श्रेष्ठले १७ हजार आठ सय ३२ मत पाएका छन् भने प्रत्यासी आचार्यले १६ हजार पाँच सय अठ्तीस मत पाएका छन् । यो प्रदेशरमा ४४ हजार ६ सय १२ मत खसेको थियो । एक लाख ७३ हजार एक सय ५७ मतदाता थिए ।
नेकपा माओवादी, नेकपा एकिकृत समाजवादीको दरिलो साथ पाएका कांग्रेसका श्रेष्ठले एमाले एक्लै बनेको क्षेत्रमा विजयी हासिल गरेको हो ।
एमालेलेलाई आफ्नै पार्टीभित्रबाट अन्तरघात भएको छ । अहिले देखिएको मतान्तरलाई हेरेर विश्लेषण गर्ने हो भने एमालेबाट रुष्ट बनेर स्वतन्त्र उम्मेदवार बनेका नेत्रराज पौडेलको साथ आचार्यलाई थियो भने आचार्यले चुनाव जित्न सक्ने थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #मदुकुमार श्रेष्ठ
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्